News & Events
April 23, 2017
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. ले मनमोहन स्मृति दिवस (बैशाख १३) को उपलक्ष्यमा आयोजना गर्न लागेको स्वास्थ्य सँग सम्बन्धित कार्यक्रमहरु को सूचना
January 16, 2017
कर्मचारी अभिमुखीकरण तालिम २०७३
January 11, 2017
11th AGM Successfully Completed
June 30, 2014
नेको नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न
May 15, 2014
MOU has been signed with UATH

    News and Events
नेको नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न
Posted on June 30, 2014
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संरक्षक भरतमोहन अधिकारीको प्रमूख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष एवं माननीय राजेन्द्र प्र पाण्डेले गर्नु भएको थियो । यसै गरि अन्य अतिथिहरुमा सहकारी बिकाश बोर्डका अध्यक्ष केशब बडाल,पशुपती चौलागाई, डा.सोमनाथ अर्याल, डा.गोपाल आचार्य, डा. राम प्र श्रेष्ठ, गौरा प्रसाइ, मनकुमार गौतम लगायतको उपस्थिति रहेको थियो । संस्थाले हाल काठमाडौको स्वयम्भूमा मनमोहन अधिकारीको नाममा ३०० शैयाको मनमोहन मेमोरियल शिक्षण अस्पताल, ठमेलमा १०० शैयाको मनमोहन मेमोरियल सामुदायिक अस्पताल, बनस्थली र नक्खुमा स्वास्थ्य क्षेत्रका ८ वटा बिषय पढाइ हुने मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्स कलेज एवं मनमोहन सहकारी र फाउन्डेसन समेत सन्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष राजेन्द्र प्र. पाण्डेले ५ वटै विकास क्षेत्रमा मनमोहन मेमोरियल सामुदायिक अस्पताल सन्चालन गर्ने लक्ष्य लिएको, झापाको बिर्तामोडमा क्षेत्रिय सामुदायिक अस्पताल सन्चालनमा ल्याएको र मेडिकल कलेजको सम्वन्धन पश्चात धादिङको क्षत्रेदेउरालीमा विश्वविद्यालय सन्चालन गर्नको लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने कार्य द्रुतगतिमा लाग्ने बताउनु भयो । मेडिकल कलेज सम्वन्धन नपाएर आफ्नो संस्थाको अरबौ रुपैया लगानि यतिकै खेर गइरहेको भन्दै उहाँले सम्वन्धनको लागि प्रयासरत रहेको बताउनु भयो । साथै आफ्नौ संस्था कुनै व्यापारीक उद्देश्य नलिइ सेवाको भावनाले सहकारीमा आधारित रहेकाले सबै क्षेत्रको सहयोग मिल्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । २०६२ सालमा डिभिजन सहकारी कार्यालयमा २८ जनाको सानो समुहबाट दर्ता भएको उक्त सहकारीमा हालसम्म २३८० जना शेयर सदस्य रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । सोहि अवसरमा संस्थामा बिभिन्न बिभागमा रही उत्कृष्ट कार्य गरेवापत कर्मचारीहरु र संस्थाद्धारा सन्चालित कलेजमा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ कदर पत्र समेत वितरण गरिएको थियो । Pls read the article from this link for detail http://www.chandrasoorya.com/2014/06/7438
« Go Back